punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, ज्यान गुमाउने कति ?

Chaupati
safha napa

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १० करोड ४ लाख ५५ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ६२ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १६ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण २१ लाख ६६ हजार ४४० जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट विश्वमा सबैभन्दा धेरै प्रभावित देश अमेरिका, भारत, ब्राजिल लगायत हुन् ।

नेपालमा हालसम्म २ लाख ७० हजार ५८८ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार २० जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।


१६ माघ २०७७, शुक्रवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु