ज्यान मुद्दाका ४ जना फरार अभियुकत १५ बर्ष पछि पक्राउ

कैलालीमा कर्तब्य ज्यान मुद्दाका ४ जना फरार अभियुकत १५ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । बि.सं २०६२ सालमा धनगढी नगरपालिका वडा नम्बर ६ जाली गाउँ बस्ने दुःखराम चौधरीको हत्या गरेको भन्ने जाहेरीका आधारमा मुद्धा गर्दा गरिएका फरार अभियुक्त १५ बर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालीका वडा नम्बर ६ जाली बस्ने ३५ बर्षीय सियाराम चौधरी, ३३ बर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ बर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ बर्षीय तारा भन्ने तारा प्रसाद चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रदिप बिष्टले जानकारी गराए।

माघ ६ गते प्रसाद चौधरी कालिकोटबाट पक्राउ परेकोमा अन्य अभियुक्त भने धनगढीका बिभिन्न स्थानबाटै पक्राउ परेका हुन ।

२०६२ साउन ११ गते चौधरी राती ११ बजे देखी घरबाट हराई बेपता भएकोमा दोस्रो दिन विहान उनी धानको खेतबारीमा मृत फेला परेका थिए ।

उनीहरुलाई अदालतबाट म्यादथप अनुमती लिई अनुसन्धान कार्य पश्चात मिसिल जिल्ला सरकारी वकिल कार्यालय कैलालीमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।

 


१३ माघ २०७७, मंगलवार १४:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु