punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

४ बर्ष सम्म बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Chaupati
safha napa

४ बर्ष सम्म बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानी बस्ने २४ बर्षिय छित्ता भन्ने अर्जुन बिक (कामी) अपहरण गरी शरिर बन्धक बनाई ४ बर्ष सम्म बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि २०७३ जेठ ३० गते भजनीकी १३ बर्षीय बालिकालाई अपहरण गरी काठमाण्डौ महानगरपालि वडा नम्बर १० देविनगर स्थित डेरा कोठामा लिएर २०७७ साउन १५ गते बन्धक बनाई बलात्कार गरेको आरोप लागेको छ ।

विक साउन १५ गते देखि फरार भएकोमा उनका आफन्तले साउन ३० गते प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानका दिएको छ ।

विकलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलिले माघ ८ गते काठमाण्डौ स्थित तिनकुनेबाट पक्राउ गरेको जानका दिएको छ ।

पक्रउ परेका उनीमाथि अपहरण शरिर बन्धक तथा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानका दिएको छ ।

 


१३ माघ २०७७, मंगलवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु