punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन्।

२५७०औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बौद्ध धर्मका प्रवर्तक, राष्ट्रका गौरव तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको उपदेश आजको विश्वका लागि अझ सान्दर्भिक रहेको उल्लेख गरे। प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ–दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उनले अहिंसा नै शान्ति र मैत्रीको आधारशिला भएको उल्लेख गर्दै बुद्धका शिक्षाले विश्वमा प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन—वैशाख शुक्ल पूर्णिमामा—परेको स्मरण गर्दै उनले यस अवसरमा चैत्य, गुम्बा र विहारहरूमा परम्परागत रूपमा पूजा–आराधना तथा विभिन्न कार्यक्रम गरी जयन्ती मनाइने गरेको बताए।

यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा पनि प्रदेश प्रमुख मियाँले शुभकामना व्यक्त गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्। सन्देशमा उनले सन् १८८६ मा अमेरिकाको सिकागोमा “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम” भन्ने नारासहित सुरु भएको श्रमिक आन्दोलनको स्मरण गर्दै श्रमिक अधिकारको सुनिश्चितता आज पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।

श्रमजीवीहरूको योगदान राष्ट्रको आर्थिक विकास र समृद्धिको आधार भएको भन्दै उनले श्रमको उचित मूल्याङ्कन र सम्मान गर्नुपर्नेमा जोड दिए। प्रदेश प्रमुख मियाँले श्रमिक वर्गको हकहित, स्वतन्त्रता र सामूहिक सौदाबाजी क्षमताको संरक्षण गर्दै उनीहरूको समग्र हित सुनिश्चित गर्न सबै पक्ष अग्रसर हुनुपर्ने बताएका छन्।


१८ वैशाख २०८३, शुक्रवार ०७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु