सुदूरपश्चिमका सबै जिल्लामा कोरोना खोप पठाईयो

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप सुदूरपश्चिमका नौ ओटै जिल्लामा पठाईएको छ । सोमबार काठमाण्डौबाट धनगढी पुगेका खोप मंगलबार सबै जिल्लामा पठाईएको धनगढी स्थित प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

३६ हजार डोज खोप धनगढी आएकोमा आधा खोप बिभिन्न नौ ओटै जिल्लामा पठाईएको केन्द्रले जनाएको छ । आधा खोप भने केन्द्रमै जम्मा गरिएको छ । उक्त खोप एक महिनापछि दोस्रो डोज लगाउनका लागि वितरण गरिने जनाईएको छ ।

खोप बुधबार देखि नै लगाउन सुरु गरिने जनाईएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह काकीले सुरुमा प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकालाई प्राथमिकतामा राखेर खोप अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी गराए ।

कार्कीका अनुसार पहिलो चरणमा खोप लगाउन १६ हजार २ सय ९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको छ । खोप लगाउन स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको भएपनि स्वच्छीक बाहेक कसैलाई पनि बाध्यकारी हुनेछैन ।

प्रदेश सरकारले कोरोना विरुद्धको खोप लगाउनका लागि १० वटा खोप केन्द्र तय गरेको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ । प्रदेशका अन्य जिल्लाको हकमा जिल्ला अस्पताललाई खोपकेन्द्र तोकिएको उनले बताए ।

 


१३ माघ २०७७, मंगलवार १४:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु