बालाजु र माछापोखरी क्षेत्रमा चल्यो डोजर

काठमाडौं। माछापोखरी र बालाजु क्षेत्रको सुकुम्बासी क्षेत्रमा शनिबार डोजर चलाइएको छ।
विष्णुमति नदी किनारका सुकुम्बासी र अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको हो।
सरकारले दोस्रो चरणमा शुक्रबारदेखि काठमाडौंको नदी उकास क्षेत्रमा बनेका र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेको छ।
शुक्रबार बल्खु, बंशीघाट, शंखमुल, गोंगबु लगायतका स्थानमा डोजर चलाएको थियो।
अघिल्लो शुक्रबार थापाथली, सिनामंगल र मनोहरामा डोजर चलाएको थियो।
१९ वैशाख २०८३, शनिवार ११:१२ बजे प्रकाशित













