punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुधबारदेखि कुन–कुन अस्पतालमा लगाइँदैछ कोरोनाविरूद्धको खोप ?

Chaupati
safha napa

सरकारले आगामी बुधबारदेखि देशव्यापी रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाउनेक तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूमा ६२ वटा अस्पतालबाट खोप लगाउने भनेको छ। अस्पतालको संख्या बढ्न सक्ने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जनाकारी दिए।

उनका अनुसार सबै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र बनाइने छ। उनले अधिकांश जिल्लामा बुधबारबाटै खोप लगाउन सुरू गरिने बताए। काठमाडौं उपत्यकाका हकमा भने महाशाखाले खोप लगाउनलाई १७ वटा अस्पताल तोकेको छ। जसमा काठमाडौंका गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, टिचिङ अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, वीर अस्पताल, प्रसुति गृह, टेकु अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेज छन्।

यसैगरी ललिपुरमा पाटन अस्पताल, किस्ट मेडिकल कलेज र आनन्द वन अस्पताल तोकिएको छ। भक्तपुरका कोरियन अस्पताल र भक्तपुर अस्पतालबाट पनि खोप लगाइने छ। उपत्यकाबाहेक चितवन, कास्की, रुपन्देही र मोरङजस्ता धेरै अस्पतालको संख्या भएका जिल्लामा पनि एकभन्दा बढी अस्पतालबाट खोप लगाइने महाशाखा प्रमुख गौतमले जानकारी दिए। बाँकी जिल्लाका हकमा भने जिल्ला अस्पतालबाटै खोप लगाइने उनले बताए।

सरकारले सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाउने तयारी गरेको छ। जसमा फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी, एन्बुलेन्स चालक र कोरोना नियन्त्रणमा खटिने अन्य कर्मचारी रहेका छन्। गौतमले ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य रहेको बताए। उनले बुधबारबाट सुरू हुने खोप अभियान एक साताभित्र सक्ने गरी काम अघि बढाइने जनाए।

सरकारले गत बिहीबार भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाउन लागेको हो। अक्सफोर्ड विश्वविद्यालय र एन्ट्रेजेन्काले विकास गरेको उक्त खोप अहिले भारतको सेरम इस्टिच्युटले ुकोभिसिल्डु नाम दिएर उत्पादन गरिरहेको छ। ६५ देखि ९० प्रतिशतसम्म प्रभावकारिता देखिएको उक्त खोप समग्रमा ७० प्रतिशतसम्म प्रभावकारी रहेको अध्ययनहरूले देखाएको छ।

भारतबाट अनुदानमा आएको खोप सरकारले तत्काल स्वास्थ्यकर्मीहरूलाई लगाउन लागेको भए पनि अन्य सर्वसाधरणको लागि भने खोप कहिले आउँछ भन्ने एकिन छैन। कोभ्याक्सअन्तर्गतको पहिलो लटमा आउने भनिएको ३ प्रतिशत खोप पनि आएको छैन। विज्ञहरूले कोभ्याक्स कार्यक्रम अन्तर्गतको खोप यसैवर्षको पहिलो चौमासिकभित्र आउने आशा गरेका छन्।

बाँकी खोप भने सरकारले कहिले ल्याउने भन्ने एकिन छैन। अहिलेसम्म सरकारले बाँकी खोप ल्याउन कूटनीतिक पहलमात्र गरिरहेको छ। अन्य देशहरूले खोप निर्माता कम्पनीहरूसँग अग्रिम पैसा बुझाएर खोप बुकिङ गरिरहेका बेला नेपालले भने त्यस किसिमको ठोस कदम चालेको छैन।


१२ माघ २०७७, सोमवार १४:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु