punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा २ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइने

Chaupati
safha napa

बैतडीमा १ हजार ९ सय जनालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। जसका लागि सबै स्थानीय तहहरूमा तथ्यांक संकलन भइरहेको छ।

सरकारले स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोपमा प्राथमिकता दिने भएपछि बैतडीमा पनि तथ्यांक संकलन भइरहेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकको नाम पठाउन भनेपछि अहिले सबै स्थानीय तहहरूले नाम पठाउन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

जिल्लाबाट एक हजार बढी स्वास्थ्यकर्मी, सफाईकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको नाम अनलाइनमा दर्ता गरेको स्थानीय तहहरूले जनाएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिकामा १७४,पुर्चौंडी नगरपालिकामा १७६ स्वास्थ्यकर्मी र सफाईकर्मी तथा १२६ महिला स्वास्थ्य स्वयंसेविकाहरूको नाम दर्ता गराएको छ।

यस्तै, पाटन नगरपालिकाले १२२ जना , मेलौली नगरपालिकाले १५० जना, शिवनाथ गाउँपालिकाले ५३ जनाको नाम दर्ता भएको छ। सुर्नया गाउँपालिकाले कोरोना विरुद्धको खोपका लागि १२० जना, डिलाशैनी गाउँपालिकाले ६०, सिगास गाउँपालिकाले ७१ जना, पञ्चेश्वर गाउँपालिकाले ६० जना र दशरथचन्द नगरपालिकाले ८४ जनाको नाम दर्ता गराएका छन्‌।

यसैबीच जिल्ला अस्पतालबाट अग्रपंक्तिमा खटिएका ६२ जनाको दर्ता गरिएको छ। अनलाइनमा नाम दर्ता गराउने क्रम अझै पनि जारी रहेको स्थानीय तहहरूले जनाएका छन्। कोरोना विरुद्धको खोप लगाउन बैतडीमा जिल्ला अस्पताललाई केन्द्र तोकिएको छ।


१२ माघ २०७७, सोमवार १४:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु