punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सामूहिक बलात्कार आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ

Chaupati
safha napa

रुपन्देहीमा सामूहिक बलात्कार आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन् ।

बलात्कार आरोपमा कपिलबस्तु बाणगंगा गाउँपालिकाका गुरु चरण चौधरी र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मा पक्राउ परेका हुन् ।

कार्तिक २३ गते सामूहिक बलात्कार भएको भनी दुई जना युवतीले शुक्रबार दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेलले जानकारी दिए ।

युवतीहरुको जाहेरीअनुसार कार्तिक २३ गते राति ८ः३० बजे प्रहरी जवान शर्मा उनीहरुलाई भेट्न गएका थिए । भेटघाटको क्रममा युवतीले अपशब्द बोलेपछि शर्माले उनका अन्य तीनजना साथीहरुलाई बोलाए ।

शर्माका साथीहरुले त्यहाँमध्ये एक युवतीको नग्न तस्बिर खिचेको र अर्की युवतीलाई पालैपालो सामूहिक बलात्कार गरेको युवतीहरुको जाहेरीमा उल्लेख रहेको एसपी पोखरेलले बताए ।
निजले घटनाको विषयमा उजुरी दिए नग्न तस्बिर भाइरल गरिदिने धम्कीसमेत दिएको पीडित युवतीहरुले जाहेरीमा उल्लेख गरेका छन् ।

घटनामा संलग्न अन्य दुईजना भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


११ माघ २०७७, आइतवार १७:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु