punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा आयोडिन नुनको खपत बढ्दो

Chaupati
safha napa

ढिके नुनको प्रयोग गर्दै आएका लेकम गाउँपालिका–५ ग्वालखेतका गोकर्ण भट्ट अहिले आयोडिन नुनको प्रयोग मात्रै गरिरहनुभएको छ । विगतमा चेतनाको अभावका कारण ढिके नुन राम्रो भएको भन्दै आयोडिन छोडेर ढिके नुनको प्रयोग गर्ने गरेकोमा पछिल्लो समय गाईभैँसीलगायत घरपालुवा जनावरहरुलाई समेत आयोडिन नुन खुवाउन थालेको भट्टले बताए ।

केही वर्ष पहिलेसम्म दार्चुलाको सहरदेखि ग्रामिण क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्याधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा विक्री वितरण बढ्न थालेको छ ।

जनचेतना बृद्धिसँगै मानिसहरुले बानी परिवर्तन गर्न थालेपछि आयोडिन नुनको प्रयोगदर बढ्दै गएको हो । दार्चुलाको खलंगा, गोकुलेश्वर, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको विक्री डिपो स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको विक्री वितरण र प्रयोग दर बढ्दै गएको छ ।

आयोडिन नुनको विक्री डिपोबाट प्रति किलोग्राम नौ रुपियाँका दरले दुई बालबालिका चिन्ह अंकित आयोडिन नुन पाइने गरेको छ । महाकाली नगरपालिका–४ खलंगामा रहेको विक्री विक्री डिपोबाट चालु आर्थिक वर्षको हालसम्म एक हजार नौँ सय सात क्वीन्टल ८९ किलोग्राम आयोडिन नुन विक्री भएको डिपो प्रमुख प्रेमसिंह कुँवरले बताए ।

गत वर्षको तीन सय २९ क्विन्टल ८८ किलोग्राम नुन मौज्दात रहेको थियो । चालु आर्थिक वर्षको हालसम्म दुई हजार चार सय ६० क्विन्टल नुन जिल्लालाई प्राप्त भएको छ ।

गत वर्षको मौजाद र चालू आर्थिक वर्षमा प्राप्त सबैमध्ये अहिले आठ सय ८१ क्वीन्टल ९९ किलोग्राम आयोडिन नुन मौजाद रहेको खलंगा डिपोका प्रमुख कुवँरले बताउनुभयो । चालू आर्थिक वर्षमा सम्झौता भएअनुसार अब पाँच सय ४० क्वीन्टल नुन ढुवानी हुन बाँकी रहेको छ ।

विगत वर्षहरुको तुलनामा दुई बालबालिका चिन्ह भएको आयोडिन नुनको प्रयोग तथा विक्री वितरणमा सुधार हँुदै गएको खलंगा डिपो प्रमुख कुवँरले जानकारी दिए ।

खलंगाबाट महाकाली नगरपालिका सँगै दुहुँ र व्यासका साथै मालिकार्जुन गाउँपालिकासम्म समेत नुन खपत हुने गरेको छ । यस्तै, गोकुलेश्वर डिपोमा समेत नुनको विक्री दर बढ्दै गएको छ ।

गोकुलेश्वरबाट शैल्यशिखर नगरपालिकाका साथै लेकम, मार्मा, नौगाड, मालिकार्जुन गाउँपालिकासम्म नुन विक्री हुँदै आएको छ । अपिहिमालको डिपोबाट समेत ग्रामिणस्तरमा ओयोडिन नुनको विक्री वितरण भइरहेको छ ।

खलंगा डिपोबाट मात्रै चालु आर्थिक वर्षको साउन महिनामा दुई सय ३८ क्वीन्टल ६० किलोग्राम, भदौ महिनामा दुई सय ३८ क्वीन्टल ३४ किलोग्राम, असोज महिनामा तीन सय १५ क्वीन्टल पाँच किलोग्राम आयोडिन नुन विक्री भएको छ ।

यस्तै कार्तिक महिनामा तीन सय २६ क्वीन्टल ६० किलोग्राम, मंसिर महिनामा चार सय चार क्वीन्टल १५ किलोग्राम र पुष महिनामा तीन सय ८५ क्वीन्टल १५ किलोग्राम विक्री भएको छ । गोरखापत्रमा खबर छ ।


१२ माघ २०७७, सोमवार ०९:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु