वैवाहिक बन्धनमा बाँधिए मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज वैबाहिक बन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राई २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह बन्धनबा बाँधिएका हुन् ।
राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका थिए ।
कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ । वैवाहिक कार्यक्रममा पर्यटनमन्त्री भानुभक्त ढकाललगायतका नेताहरु पनि पुगेका थिए ।
११ माघ २०७७, आइतवार १७:१९ बजे प्रकाशित































