प्रचण्ड–नेपाल समूहको स्थायी कमिटि बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटि बैठक आज (आइतबार) बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्न साढे १२ बजे बैठक डाकिएको छ।
यसअघि शनिबार काठमाडौँमा उपलब्ध केही स्थायी कमिटि सदस्यहरुको अनौपचारिक बैठक बसेको थियो। आजको स्थायी कमिटि बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोदनको आगामी रणनीतिबारे छलफल हुने छ।
११ माघ २०७७, आइतवार १३:५४ बजे प्रकाशित































