हाइसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
हाइसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा एक हाइसले ठक्कर दिँदा पैदल यात्री शुक्रलाल चौरीको मृत्यु भएको हो ।
शनिबार साँझ ६ बजे पश्चिमबाट पूर्वतिर गइरहेको सुपप्र ०२००१ ख १०४५ नम्बरको हाइसले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
चौधरीको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताउदै उनलाई अत्तरियाको पद्मा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी गराए।
चालक कृष्णपुर नगरपालिकाकै वडा नम्बर २ वाणीका २२ वर्षीय चन्द्र बहादुर कुँवर इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रवक्ता थापाले जानकारी गराए।
११ माघ २०७७, आइतवार ११:२२ बजे प्रकाशित































