punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीले आफू हार्ने चुनाव गर्दैनन् : शशांक कोइराला

Chaupati
safha napa

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले मिति घोषणा गरेपनि निर्वाचन गर्न नसक्ने दाबी गरेका छन् । पार्टीको कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै उनले ओलीले आफू हार्ने निर्वाचन नगर्ने दाबी गरेका हुन् ।

‘ओलीले हार्ने चुनावनै गर्दैनन्, गर्न पनि सम्भव छैन,’ उनले भने, ‘सबैभन्दा पहिले पार्टीको सूर्य चिन्ह कसले पाउँछ भन्ने टुंगो लागिसकेपछि अर्को पक्ष त्यसैका लागि सर्वेच्चमा जान्छ । सर्वोच्चकै फैसलामा थप दुई महिना लाग्छ अनि कसरी निर्वाचन हुन्छ ?’ उनले गिरिजाप्रसाद कोइराला र ओलीको संसद विघटनपछिको निर्वाचन घोषणा फरक रहेको बताए । ‘गिरिजाले काँग्रेसले हारेपनि देशले हार्नु हुँदैन भनेर संसद विघटन गरेर निर्वाचन घोषणा गरेका थिए,’ उनले भने, ‘ओली त्यो स्थितिमा छैनन् ।’

यो अवस्था काँग्रेसले दोधारमा बस्ने समय नभएकोसमेत नेता कोइरालाको भनाई छ । उनले पार्टीले चुनाव वा आन्दोलन गर्ने भनेर दोधारमा पर्ने समय नभएको बताए । ‘नेपाली काँग्रेसले अहिले चुनावमा जाने वा आन्दोलन गर्ने भनेर दोधारमा बसेर हुँदैन,’ उनले भने, ‘संविधानको रक्षा गर्न हामीले आन्दोलनमा जानैपर्छ ।’ ओली सरकारले संविधान कुल्चिएको भन्दै उनले यसको रक्षाको जिम्मेवारी काँग्रेसलाई नै भएको बताए ।

यो अवस्थामा काँग्रेसले निर्वाचनमा जाने भनेर लाग्नु भन्दा एकजुट भएर संसद पुनस्थापनाका लागि आन्दोलनलाई थप कडा पारेर अघि बढ्नुपर्ने उनको भनाई छ । काँग्रेसले यो बेला राम्रो भूमिका निर्वाह गर्न सक्यो भने देशबाट कम्युनिजमनै समाप्त भएर जाने भन्दै उनले भने, ‘एकजुट भएर उभिनुपर्छ, कसैले हराउन सक्दैन ।’

साथै उनले देशमा भएका विकास काम काँग्रेसकै नेतृत्वमा भएको भन्दै अब पनि मुलुकलाई काँग्रेसकै आवश्यकता रहेको बताए । काँग्रेसको नेतृत्वमा सूचना प्रविधि, ठाउँ–ठाउँमा विश्वविद्यालय स्थापनालगायतका कामहरु भएको तर, ओलीले यो तीन वर्षको अवधिमा एक ढुंगा पनि उठान नसकेको उनको आरोप छ ।

कृषिप्रधान देशमा कृषिलाई प्राथमिकता दिनुपर्नेमा जम्मा तीन प्रतिशत मात्रै बजेट छुट्याएर कृषि क्षेत्रलाई ओली सरकारले नजरअन्दाज गरेको नेता कोइरालाले बताए । विपी कोइराला नेतृत्व सरकारले कृषिमा ६० प्रतिशत बजेट छुटयाएको स्मरण गर्दै उनले भने, ‘अहिले पनि ४० वर्षमूनिका ६० युवाहरुलाई कृषिको माध्यमबाट स्वरोजगार बनाउन सकिन्छ ।’

भेलालाई काँग्रेस नेता बद्री पाण्डे, दिपक गिरीलगायतका नेताहरुले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपनि अहिले काँग्रेस त्यसविरुद्ध आन्दोलनमा उत्रिएएको छ ।


१० माघ २०७७, शनिवार १८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु