punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मानव बेचविखन मुद्दामा दुई वर्ष कैद सुनाइएका पत्रकार पक्राउ

Chaupati
safha napa

मानव बेचबिखन मुद्दामा कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिशीविरुद्ध उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय दाङले मुद्दा चलाएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिशीलाई मानव बेचविखन मुद्दामा दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो ।

पुष १९ गतेको अदालतको फैसलापछि जिशीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । जिशीलाई घोराहीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनलाई कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिशी नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य हुन् ।


२ माघ २०७७, शुक्रवार १४:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु