मोटरसाइकल दुर्घटनामा घाइते पुनर्वासका वडा सदस्यको निधन
मोटरसाइकल दुर्घटनामा परेर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा सदस्य पृथ्वी गुरुङको निधन भएको छ ।
दुई साता अघि दाङको गोरुसिंगेमा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका गुरुङको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो ।
उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पुनर्वास नगरपालिका वडा नम्बर ६ बाट उहाँ वडा सदस्यमा निर्वाचित भएका थिए ।
२ माघ २०७७, शुक्रवार १४:३१ बजे प्रकाशित













