माटोको ढिस्कोले पुरिएर कैलालीमा एक किशोरको मृत्यु
साँकेतिक तस्बीर
कैलालीको घोडाघोडी नगरपालिकामा माटोको ढिस्कोले पुरिएर आइतबार एक किशोरको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ११ भलौवामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर वडा नम्बर १० तुलसीपुरका १७ वर्षीय अशोक धामीको मृत्यु भएको हो ।
माटोको ढिस्कोले परिएको पाँच घण्टको प्रयासमा किशोरको शव निकालिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।
उनकाअनुसार इलाका प्रहरी कार्यालय सुखड, प्रहरी चौकी पहलमानपुर, सशस्त्र प्रहरी बल पहलमानपुर र स्थानीय बासीहरु मिलेर शव निकालिएको हो ।
२६ पुस २०७७, आइतवार १८:३६ बजे प्रकाशित































