सामुदायिक विद्यालय समिति महासंघको कैलाली अध्यक्षमा ठकुल्ला
सामुदायिक विद्यालय समिति महासंघ नेपाल कैलालीको अध्यक्षमा खगेन्द्र ठकुल्ला चयन भएका छन् । महासंघले आफ्नो क्षेत्र बिस्तारको क्रममा कैलालीमा पनि समिति गठन गरेको हो ।
आइतबार सुखडमा आयोजना गरिएको जिल्लास्तरीय भेलाले ठकुल्लाको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । समितिले जिल्ला भरिका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको अनुगमन तथा परिचालन गर्नेछ । साथै स्थानीय पालिकामा पनि संगठन बिस्तार गर्दै जाने समेत महासंघले जनाएको छ ।
सामुदायिक विद्यालय समिति महासङ्घ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रेमराज भाटको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्य थापा रहेको थिए ।
यस्तै कार्यक्रममा सामुदायिक विद्यालय समिति महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष हर्क धानुक, शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख वैकुण्ठ सुबेदी, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सामुदायिक विद्यालय समिति महासङ्घ नेपालका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष ध्रुवराज उपाध्यायले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासङ्घका सचिव नेत्र भण्डारीले गरेका थिए ।
२६ पुस २०७७, आइतवार १७:५८ बजे प्रकाशित































