punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जापान बन्यो विश्वकै बढी मूल्यवान पासपोर्ट भएको देश, नेपाल कति नम्बरमा ?

Chaupati
safha napa

काठमाडौं, पौष २५
विश्वकै सबैभन्दा बलियो र मूल्यवान पासपोर्ट भएको देश जापान बनेको छ । बलियो पासपोर्टको अर्थ के हो भने जापानको पासपोर्ट बोकेका मानिस बिना अग्रिम भीसा संसारका सर्वाधिक देश जान सक्छन्।

यस मामिलामा विश्वका सर्वाधिक आय भएका देश, विश्वका अग्रणी इकोनॉमी भएका अमेरिका र चीन पनि जापान भन्दा धेरै पछाडि छन्।

पासपोर्टको ‘ग्लोबल र्‍याङ्किङ’ मा जापानको पासपोर्ट नम्बर १ भएको छ। ‘हेनली एण्ड पार्टनर्स’ ले प्रकाशित गरेको वर्ष २०२१ को ‘पासपोर्ट इण्डेक्स ग्लोबल र्‍याङ्किङ’मा जापान १ नम्बरमा पुग्न सफल भएको छ।

कुनै पनि देशको पासपोर्ट भैल्यू जान्ने उपाय यो नै हो त्यस देशको पासपोर्ट बोकेका मानिसलाई अग्रिम भीसा नलिई कति देशमा प्रवेश गर्न पाइन्छ। अर्थात ‘भीसा अन एराइभल’ को सुविधा हुन्छ। यस सम्बन्धी तथ्याङ्क इन्टरनेश्नल एयर ट्रान्सपोर्ट असोसिएसन ९क्ष्ब्त्ब्० ले उपलब्ध गराउँछ। ‘आईएटीए’ ले उपलब्ध गराएको तथ्याङ्क अनुसार जापानका पासपोर्ट धारकले विश्वका १९१ देशमा अग्रिम भीसा नलिई प्रवेश गर्न सक्छन्।

विश्वको महाशक्ति मानिने अमेरिकाको पासपोर्टलाई ‘ग्लोबल इण्डेक्स’मा ७ औं स्थान प्राप्त भएको छ। चीन भने यस सूचीमा ७० औं स्थानमा रहेको छ।

ुहेनली एण्ड पार्टनर्सु को ‘ग्लोबल पासपोर्ट र्‍याङ्किङ’ मा शीर्ष तीन स्थानमा एशियाली देश रहेका छन्। जापान एक नम्बरमा छ भने सिंगापुरले दोस्रो स्थान पाएको छ। सिंगापुरको पासपोर्ट धारकले १९० देशमा ‘भीसा अन एराइभल’को सुविधा पाउँछन्। सूचीमा तेस्रो स्थान दक्षिण कोरिया र जर्मनीले संयुक्त रूपमा ओगटेका छन्। यी दुबै पासपोर्टलाई १८९ देश घुम्न अग्रिम भीसा चाहिँदैन।

नेपालको दक्षिण छिमेकी भारत भने ‘ग्लोबल इण्डेक्स’मा ८५ औं नम्बरमा रहेको छ। संसारका ५८ देशले भारतीयहरुलाई ‘भीसा अन एराइभल’को सुविधा दिन्छन। यसैगरी उत्तरी छिमेकी चीनको पासपोर्ट ७० ‌औं स्थानमा रहेको छ। चिनियाहरुलाई विश्वका ७५ देश घुम्न अग्रिम भीसा आवश्यक पर्दैन।

अमेरिका भने यस सूचीमा ७ औं नम्बरमा रहेको छ। अमेरिकाका अतिरिक्त बेल्जियम, न्यूजील्याण्ड, नार्वे, स्विट्जरल्याण्ड, इङ्गल्याण्ड पनि ७ औं स्थानमा रहेका छन्। यी पासपोर्ट बोक्नेले विश्वका १८५ देशमा अग्रिम भीसा बिना प्रवेश गर्न सक्छन्।

यस सूचीमा अफगानिस्तान भने सबैभन्दा पुछारमा ११० औं नम्बरमा रहेको छ। यहाँको पासपोर्टलाई जम्मा १६ देशमा ‘भीसा अन एरभाईल’को सुविधा प्राप्त छ। अर्को सार्क देश पाकिस्तान सूचीमा तलबाट चौथो स्थानमा रहेको छ। १०७ औं नम्बरमा रहेको पाकिस्तानको पासपोर्ट लाई ३२ देशले अग्रिम भीसा नलिई प्रवेश गर्न दिन्छन्।

नेपाल भने यस सूचीमा पाकिस्तानभन्दा केही माथि १०४ नम्बरमा पर्छ। नेपालीले ३८ देशमा भीसा नलिई जान सक्छन्। बांग्लादेश १०१ औं नम्बरमा रहेको छ। यहाँका पासपोर्टलाई ४१ देशमा अग्रिम भीसा चाहिँदैन। श्रीलंका १०० नम्बरमा छ यहाँको पासपोर्टलाई ४२ देशले अग्रिम भीसाको बाध्यतामा राखेका छैनन्। भुटानले ९० औं स्थान पाएको छ, यहाँका पासपोर्ट धारकले ५३ देशमा भीसा नलिई जान सक्छन्।


२५ पुस २०७७, शनिवार १५:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु