punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीको समर्थनमा राजधानीमा ‘धोती जुलुस’, मधेशबाट ल्याइएको थियो युवाहरु

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज (शनिबार) काठमाडौंमा धोती जुुलुस निस्केको छ। ओलीले गरेको प्रतिनिधि सभा विघटनको समर्थनमा नेकपाको ओली समूहको युवा संघले धोती जुलुस निकालिएको हो।

‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान’ भन्ने नारा लेखिएको नारासहित सहभागीहरुले धोती, कुर्ता र गम्छा पहिरिएका थिए। जुलुसमा ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता थियो।

कुनै समय ओलीले मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्ने गरेका थिए । संविधान संशोधनको माग राख्दै मधेशमा मानवसाङ्लो बनाउँदा ओलीले त्यसलाई ‘माखे साङ्लो’ भनेका थिए।

ओलीले पक्षले मधेशको समर्थन देखाउन काठमाडौंमा ‘धोती जुलुस’ निकालेको हो। ओलीको निर्देशनमा प्रदेश २ का युवाहरु काठमाडौंमा ल्याएर माइतीघर मण्डलादेखि रत्नपार्कसम्म धोती जुलुस प्रदर्शन गरिएको हो।

उपत्यकाका विभिन्न स्थानहरूबाट निस्केका सबै र्‍याली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेर सभामा परिणत हुने जनाइएको छ। भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।


२५ पुस २०७७, शनिवार १४:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु