प्रतिनिधिसभा विघटनका बिरोधमा काँग्रेसले आज अत्तरियामा प्रर्दशन गर्दै
नेपाली काग्रेसले आज अत्तरियामा बिरोध प्रर्दशन गर्ने भएको छ । काग्रेस कैलाली क्षेत्र नं ४ प्रदेश ख को आयोजनामा सरकारका पछिल्लो गतिबिधिप्रति बिरोध प्रदर्शन जनाउदै ¥याली सहितको बिरोध सभा गर्ने भएको हो ।
प्रदेश ख का सभापति खेम साउँदले अत्तरिया स्थित रिङ रोडमा रहेको पाटी कार्यालयवाट सुरु हुने ¥याली अत्तरिया बजार वरपर परिक्रमा गर्दै चोकमा हुने बिरोध सभामा सहभागी हुने बताए ।
कार्यक्रम दिउँसो १२ बजे हुने उनले बताए । केन्द्रीय कार्य समितिको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको विरोधमा प्रर्दशन गरिने उनले बताए ।
२५ पुस २०७७, शनिवार १३:०७ बजे प्रकाशित































