रुखको मुढामा मोटरसाइकल ठोक्किदा कैलालीमा एकजनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एकजनाको मृत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिकाको पहलमानपुरमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा वडा नम्बर ११ सिसैया बस्ने ३५ वर्षीय प्रेम चौधरीको मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर सालको मुढाका ठोक्किदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएका छन।
पहलमानपुरस्थित भित्रि सडकखण्ड भलुवा भन्ने स्थानमा र्दुघटना भएको हो। चौधरी घरबाट पसल आइरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ।
२५ पुस २०७७, शनिवार १२:२२ बजे प्रकाशित































