punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अफगानिस्तानमा एक पत्रकारको हत्या

Chaupati
safha napa

अफगानिस्तानमा एक पत्रकारको हत्या भएको छ । घोरको केन्द्रीय प्रदेशको स्थानीय रेडियोका प्रमुख सम्पादक बिसमिल्लाह अइकमको हत्या भएको हो ।
योसँगै अफगानिस्तानमा दुई महिनामा पाँच पत्रकारको हत्या भएको छ । यसअघिसमेत अइकमको हत्या प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उक्त समयमा जोगिएका उनको शुक्रबार हत्या भएको हो ।

पत्रकार हत्याको अहिलेसम्म कुनै विद्रोही समूहले जिम्मा भने लिएका छैनन् । अफगानिस्तानका सरकारी अधिकारीले भने घटनामा तालिबानको संलग्नता रहेको बताएको छ ।

पत्रकारको हत्या घटनाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । परिवारलाई भेटेर फर्किदै गर्दा उनीमाथि आक्रमण भएको बताइएको छ ।


१८ पुस २०७७, शनिवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु