Hotel Flora Long Ad

बैतडीमा सञ्चालित विशेष शिक्षा बन्द

विद्यार्थी अभावमा बैतडीका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको छ । शंकर संस्कृत मावि मुलखटाली र सिगास आधारभूत विद्यालय दोरामा २०६१ सालदेखि विशेष शिक्षा सञ्चालनमा थियो ।

विद्यार्थीको अभावमा शिक्षा बन्द गरेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए ।अपांगता भएका विद्यार्थीलाई शिक्षा दिन विशेष शिक्षाको अवधारणा आए पनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको उनले बताए ।

कोरोना भाइरस महामारीका कारण पछिल्लो समयमा विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जानकारी गराएका छन् । एकातिर अपांगता भएका विद्यार्थीहरुको शिक्षामा पहुँच पुग्न सकेको छैन भने अर्कोतिर अपांगता भएका विद्यार्थीहरुका लागि खोलिएको बिशेष शिक्षा बन्द भएको छ ।

अपांगता भएका विद्यार्थीहरुलाई विद्यालय पुग्नका लागि सहज वातावरण नै नबनेको जिल्ला अपांग संघका उपाध्यक्ष लक्ष्मी विष्ट जानकारी गराइन । अपांगता भएका विद्यार्थीहरुका लागि अपांगमैत्री संरचना नहुँदा झन् समस्या भएको उनले बताइन ।


१८ पुस २०७७, शनिवार ११:४६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु