मौसम : पहाडी भेगमा आंशिक बदली हुने
पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर पहाडी भेगमा आंशिक बदली अवस्था रहेको छ । पश्चिमी तराईका क्षेत्रमा हुस्सु लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू-भाग बाहेकका क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ ।
पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
१६ पुस २०७७, बिहीवार ०७:४६ बजे प्रकाशित































