punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जन्मदिनमा आमाको सम्झनामा दृष्टि फाण्डेसनलाई जापानबाट कुँवरको सहयोग

Chaupati
safha napa

आफ्नो जन्मदिनको अवसरमा दिवंगत आमाको सम्झनामा जापानमा रहेका लोकेन्द्रजंग कुँवरले धनगढीस्थित दृष्टि फाण्डेसनलाई सहयोग उपलब्ध गराएका छन् ।

अछामको साँफेबगर नगरपालिका–३ शिद्धेश्वर घर भई हाल जापानमा रहँदै आएका कुँवरले छोरी (भतिजी)–ज्वाँई शुल कुँवर र अमर बोगटीमार्फत फाण्डेसनलाई सहयोग उपलब्ध गराएका हुन् ।

थोरै भएपनि सहयोग होस् भनेर जन्मदिन मनाउने पैसाले आवश्यक सामग्री किनेर सुस्त मनस्थिति भएका महिलाहरुको हेरचाह गर्ने दृष्टि फाण्डेसनलाई सहयोग गरेको कुँवरले बताए । उनले सहयोग स्वरुप चामल, दाल, चिसोबाट बच्न कम्बललगायत २० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएका छन् ।

उक्त सामग्री कुँवरकी भतिजी शुल कुँवरले फाण्डेसनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरिन् । सामाग्री ग्रहणपछि बोल्दै फाण्डेसनकी अध्यक्ष भट्टले सुस्त मनस्थिति महिलाहरुको समस्या बुझ्दै टाढाबाट सहयोग गरेको भन्दै कुँवरलाई धन्यबाद व्यक्त गरिन् । उनले यस्तै दाताहरुको साथ र सहयोगबाटै दृष्टि फाण्डेसन चलिरहेको बताइन् ।

उनकाअनुसार अहिले फाण्डेसनमा ४० जना सुस्त मनस्थितिका महिलाहरु छन् । हालसम्म ४८ जना महिलाहरु निको भएर पुनस्थापित भइसकेको र आठ जनाको मृत्यु भएको भट्टले बताइन् ।

कुँवर नेपाली जनसम्पर्क समिति, कान्तो क्षेत्रीय समिति जापानका सचिव तथा नेपाली काँग्रेस अछामका जिल्ला सदस्य पनि हुन् । जापानमा बसेर कुँवरले अछामलगायत सुदूरपश्चिममा दुःखी पीडितलाई सहयोग गर्दै आएका छन् ।

उनले निकट भविष्यमै अछाममा आमाको सम्झनामा कुनै एक सामाजिक क्षेत्रमा भौतिक संरचना बनाउने तयारी गरेका छन् । जुन आमालाई माया गर्नेहरुका लागि एक आकर्षक तस्बीर खिच्ने ‘हब’ बन्नेछ ।


१५ पुस २०७७, बुधवार १८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु