बामदेवले भने, ‘कसैको भेलामा जान्न’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न आफू कुनैपनि गुटको भेलामा नजाने बताएका छन् । उद्यपि उनले आफू संसद भंगको विरुद्ध भएको बताएका छन् ।
‘म अझै एकताको पक्षमा छु,’ उनले भने, ‘तर संसद भंगको विरुद्धमा छु ।’ उनले विज्ञपित जारी गर्दै पार्टी फुटको साक्षी बस्न गुटको भेलामा नजाने बताएका हुन् । उनले अहिले भइरहेको भेला पार्टी फुटाउनका निम्ति भइरहेको बताएका छन् । अहिले पनि आफू एकताको पक्षकै पक्षमा रहेको उनको भनाई छ ।
६ पुस २०७७, सोमवार १७:३६ बजे प्रकाशित































