प्रधानमन्त्री ओली शीतल निवासमा, प्रचण्डलाई भेट दिएनन्

प्रधानमन्त्री ओली शीतल निवासस पुगेका छन् । मन्त्री परिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतीबाट मन्त्रीपरिषदको निर्णय पारित हुन्छ या खारेज हुन्छ यो सबैको चासोको बिषय बनेको छ ।ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए ।

बालुवाटार पुगेका अध्यक्ष प्रचण्डलाई भेट नदिएर ओली राष्ट्रपति कार्यालय लागेका छ्न । प्रचण्ड खुमलटार फर्किए ।

पछिल्लो घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुदैछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।


५ पुस २०७७, आइतवार ११:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु