लिटिल फ्लावर प्रिमियर लिग फागुन १५ देखि हुने
टिल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय यु–१९ प्रतियोगिताको पाँचौंं संकरण आगामी फागुन १५ गतेबाट धनगढीमा सुरु हुने भएको छ ।
आयोजक लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजन गर्दै फागुन १५ गतेबाट प्रतियोगिता सुरु हुने जानकारी दिएको हो । प्रतियोगिता फागुन २४ गते सम्म जारी रहने छ ।
लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी थालिएको जानकारी दिए । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न हामीले प्रतियोगिता आयोजना हुँदै आएको उनले बताए । लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी इकाईको खेलमैदानमा हुने जनाइएको छ ।
प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् । देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए।
विगतमा ४ जनासम्म नेपाल भित्रका १९ वर्ष मुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ । आयोजनकले प्रतियोगिताको पुरस्कार राशी केही दिनमा घोषणा गर्ने जनाएको छ ।
४ पुस २०७७, शनिवार १३:४५ बजे प्रकाशित













