कर्मचारीमा कोरोना संक्रमण भएपछि आलिताल गाउँपालिका बन्द

कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएपछि डडेल्धुराको आलिताल गाउँपालिका १० दिनका लागि बन्द गरिएको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै १० दिनका लागि कार्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो। यही पुष १ गते सबै कर्मचारीहरुको स्वाब संकलन गरेर डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएको थियो।

ती मध्ये केही कर्मचारीको रिपोर्ट पोजेटिभ आएको हुँदा पुष ३ गतेदेखि १२ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत भोजराज एडीले जानकारी दिए।


३ पुस २०७७, शुक्रवार १८:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु