देशभर थप ७८२ जनामा कोरोना संक्रमण

देशभर आज थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९३१७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७६५ रहेको छ ।


३ पुस २०७७, शुक्रवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु