म छु विदेशमा सार्वजनिक
म्युजिक भिडीयो म छु बिदेशमा सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको गीतमा गौरब पहारी र सृष्टि खड्का फिचर्ड छन् ।
सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।
निसान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भिडियो परदेशी जोडीको प्रेमकथा देखाइएको छ । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।
२९ मंसिर २०७७, सोमवार १२:४४ बजे प्रकाशित































