punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ

Chaupati
safha napa

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

सिन्धुली हरिहरपुरगढि गाँउपालिका वडा नम्वर ६ क्यानखोला घर भएका २१ वर्षीया प्रकाश तामाङ, तिनपाटन गाँउपालिका वडा नम्वर ५ भिमस्थान घर भएका ३२ वर्षीया अम्मर तामाङ,ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भएका वर्षीय भोला थापालाई  र जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्वर ८ घर भएका २० वर्षीया सुरेश तामाङलाई नियन्त्रणमा लिएको हो।

२०७६ माघ १० गते नैकाप काठमाडौंबाट बा ९४ प ४४६९ नम्बरको मोटरसाईकल हराएको प्रहरीमा निवेदन गरेको थियो।

हुलिया सहितको निवेदन दिएकोमा महाशाखाबाट सादा पोशाकको प्रहरीले नयाँबसपार्क सडक खण्डमा  चेक जाँच गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरि चलाएको पल्सर १५० सिसिको बा ८९ प १७७६ नम्बरको मोटरसाईकल फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।


२९ मंसिर २०७७, सोमवार १२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु