टीकापुरका गाउँ–टोलमा खटियो स्वास्थ्यकर्मीको टोली

कैलालीको टीकापुर नगरपालिकाले नगर क्षेत्रलाई पूर्ण खोप सुनिश्चितत गर्न गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ।

विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा बुझ्न र पूर्ण खोप नगरपालिकालाई मूर्तरुप दिन स्वास्थ्यकर्मी परिचालन गरेको हो।

गत वर्ष चैतमा तथ्याङ्क सङ्कलनको काम गर्ने योजना बनाएको नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणका कारण काम गर्न सकेन्। यो अवधिमा बाहिरबाट बसाइँ सरी आउने र कोरोनाकै कारण पनि खोप लगाउन खोप केन्द्रसम्म मानिस नआएको हुनसक्ने नगरपालिकाले जनाएको छ।

स्वास्थ्यकर्मीको सहयोगीका रुपमा टोल–टोलमा १ सय २० महिला स्वयंसेवकसमेत परिचालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए। तथ्याङ्क सङ्कलन गर्ने टोलीले नगरपालिकाका सबै घरको पूरा जनसङ्ख्यासहितको कुन उमेरको भन्नेसमेत फारममा उल्लेख गर्नुपर्ने छ।

त्यसले नगरपालिकाको पछिल्लो जनसङ्ख्याको विवरणसमेत थाहा हुने स्वास्थ्य शाखा प्रमुख रावलले बताए। पूर्ण खोप सुनिश्चितताका लागि नगरपालिकाले ४० स्वास्थ्यकर्मी परिचालन गरेको छ।


२८ मंसिर २०७७, आइतवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु