नेकपा स्थायी कमिटी बैठक स्थगित, कहिले बस्छ अर्को बैठक ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शोक वक्तव्य जारी गर्दै स्थगित भएको छ ।
आज (आइतबार) को बैठक नेता कमानसिंह लामाको निधनमा शोक व्यक्त गरेर आउँदो पुस १ गते दिउँसो एक बजे बस्ने गरी स्थगित हो ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची तोकिएको थियो । बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए । अर्को बैठक आउँदो पुस १ गते बुधबार बस्ने छ ।
सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन ।
२८ मंसिर २०७७, आइतवार १४:४० बजे प्रकाशित













