punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अब प्रेस प्रतिनिधि कार्ड हुलाकबाटै लिन सकिने

Chaupati
safha napa

पत्रकारलाई सरकारले दिने प्रेस प्रतिनिधि कार्ड अब जिल्ला हुलाक कार्यालयबाटै लिन सकिने भएको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीस्तरको निर्णयले प्रेस प्रतिनिधि कार्ड नवीकरण र नयाँ लिने व्यवस्था जिल्ला हुलाकबाटै गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले मंगलबार गरिएको निर्णयानुसार अबदेखि सम्बन्धित जिल्ला हुलाक र हुलाक निर्देशनालयबाटै प्रेस पास लिन पाउन सकिने बताए। उनले नयाँ प्रेस कार्ड लिनुपर्दा पनि हुलाक कार्यालयमै पत्रकारहरुले निवेदन दिन सक्ने बताए।

जिल्ला हुलाकमा परेको निवेदनको फाइल सूचना तथा प्रसारण विभागले स्वीकृत गरेर जिल्लामै पठाएपछि पत्रकारले प्रेस प्रतिनिधि कार्ड पाउने गुरुङले बताए।


२४ मंसिर २०७७, बुधवार १७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु