फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको रु
बजारमा आज फेरि सुनको मूल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा एक हजार पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार एक सय पुगेको छ ।
सुन हिजो प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ३५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
२३ मंसिर २०७७, मंगलवार ११:५६ बजे प्रकाशित













