punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक, के विषमा होला छलफल ?

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक अहिले बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

उनका अनुसार ‘समसामयिक राष्ट्रिय राजनीतिका विषयमा’ संवाद गर्न बैठक राख्न लागिएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सहभागी हुनेछन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको बताए ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र विवाद उत्कर्षमा पुगेको तथा देशभर राजावादीको प्रदर्शन बढिरहेका बेला आह्वान गरिएको सर्वदलीय बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।


२३ मंसिर २०७७, मंगलवार ०९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु