कैलालीमा युवकको हत्या गर्ने २ जना कारागार चलान

कैलालीमा कुटपिट गरी युवकको हत्या गरेको अभियोग लागेका २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । हत्या आरोपमा पक्राउ परेका मानबहादुर चौधरी र केशव टमटालाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको हो ।

गत कार्तिकमा जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका २ जना पुर्पक्षका लागि कारागार चलान भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

यस्तै हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जना धरौटीमा छुटेका छन्। कर्ण टमटा, केशव तिरुवा र लालमणी तिमिल्सिना १÷१ लाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी दिए।गत कार्तिक १३ गते राति साढे १० बजेको समयमा जानकी गाउँपालिका वडा नम्बर ५ मा सो समूहले तिमल्सिनामाथि कुटपिट गरेको हत्या गरेको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको थियो । उनको हत्यामा संलग्न भएको आशंका पक्राउ गरी उनीहरुमाथि अनुसन्धान गर्दै मुद्दा चलाएको थियो ।


२० मंसिर २०७७, शनिवार ११:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु