आगलागीबाट २ लाख ६० हजारको क्षति
कञ्चनपुरमा आगलागिबाट २ लाख ६० हजारको क्षति भएको छ।
शुक्रबार जिल्लको वेदकोट नगरपालिका वडा नम्बर ६ मा स्थानीय मोहनसिह बडुको कुखुरा फार्ममा आगलागी हुँदा २ लाख मुल्य बराबरको जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
यस्तै कृष्णपुर नगरपालिका ७ का जितराम जोशीको भान्छाकोठामा आगलागि हुँदा थप ६० हजार बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
२० मंसिर २०७७, शनिवार ११:१६ बजे प्रकाशित













