भारत लगिरहेको अवस्थामा कन्चनपुरबाट चार युवतीको उद्धार

भारतमा राम्रो जागिर लगाईदिने प्रलोभन देखाई भारत लैजाने तयारी गरिएको अवस्थामा कन्चनपुरबाट ४ युवातीको  गरिएको छ ।

घरमा समेत जानकारी नदिई माहाकाली नगरपालिका वडा नम्बर १ बस्ने रमेश गिरीले भारत लैजाने तयारी गरेका चार युवतीको माइती नेपाल र नेपाल प्रहरीले संयुक्त टोलिले दोधारा–चाँदनीको हेल्थ पोष्ट नजिकै रहेको एक होटलबाट उद्धार गरिएको हो ।

बिहिबार देखिनै घरबाट सम्पर्क बिहिन रहेका ति युवतीका आफन्तले खोजिका लागि प्रहरीलाई जानकारी दिएपछि माइती नेपाल र नेपाल प्रहरीले संयुक्त टोलिले उनीहरुको खोजि तिब्र पारेका थिए । चारैजना युवतीहरु जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

शुक्रबार उद्धार गरिएका ति युवतीहरुलाई माइती नेपाल र नेपाल प्रहरीले उद्धार गरेर परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी गराए । युवक गिरि भने सम्पर्कमा नरहेको र खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले बताए ।

उनले युवक गिरीले शनिबार सीमा कटाउने योजना स्वरुप किशोरीहरुलाई बोलाएर दोधारा–चाँदनीको हेल्थ पोस्ट नजिकैको एक होटलमा बसाएको बताईन ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार युवकले सामाजिक सञ्जाल फेसबुक मार्फत भारतमा गएर राम्रो आम्दानी गर्न सकिने र घर परिवारलाई खुसी राख्न सकिने भन्दै चारै जनालाई भारत लग्नको लागि बोलाएको खुल्न आएको बताईन् ।


२० मंसिर २०७७, शनिवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु