नेपाली वैज्ञानिकले जिते ५ हजार अमेरिकी डलरको अवार्ड

द वर्ल्ड एकेडेभी अफ साइन्सेस (ट्वास)ले यो वर्षको अत्ता उर रहमान अवार्ड नेपाली वैज्ञानिक डा. वसन्त गिरीलाई दिने निर्णय गरेको छ ।

काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (किआस)का वैज्ञानिक गिरीलाई पाँच हजार अमेरिकी डलरको अवार्ड दिन लागिएको हो ।

ट्वासले हरेक वर्ष विकासोन्मुख मुलुकमा बसेर वैज्ञानिक खोज तथा अनुसन्धान गर्ने वैज्ञानिकलाई उत्ता उर रहमान अवर्डा प्रदान गर्ने गर्छ ।

नेपाली वैज्ञानिक गिरीले जैविक, रसायन, वातावरणीय तथा क्लिनिकल कार्यको विश्लेषणमा प्रयोग हुने सस्तो उपकरणको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै ट्वासले उनलाई अवार्ड प्रदान गरेको हो ।

वैज्ञानिक गिरीले डा. भानु न्यौपानेसँग मिलेर स्मार्ट फोनबाटै हैजा गराउने परजीवि पत्ता लगाउने उपकरणको विकास गरेका थिए ।


२० मंसिर २०७७, शनिवार १०:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु