punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा बिपन्नका घरमा जस्तापाता लगाउदै

Chaupati
safha napa

कञ्चनपुरका तीन नगरपालिकाका विपन्न परिवारको घरमा जस्ता पाता लगाईने भएका छन। शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका घरका छाना फेरिने भएका हुन्।

जिल्लाको शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका आर्थिक रुपमा विपन्न ८ सय ६१ परिवारको घरमा जस्तापाता लगाईने भएका खरको छाना विस्थापित गरी जस्तापाता राखिने भएको हो। कार्यक्रमअन्तर्गत एक घर बरावर ५० हजार रुपैयाँ खर्च गरिने बताइएको छ।

‘आर्थिक रुपले विपन्न परिवार, जसले घरको छाना राख्नका लागि आर्थिक जोहोको व्यवस्था मिलाउन सक्दैनन्। त्यस्ता परिवारको नगरपालिकाले जस्ता पाता विवरणको तयार गरेपछि छाना फेर्ने कार्य शुरु गरिने छ, । ’ प्रतिनिधि सभाका सांसद नरबहादुर धामीले भने, ‘छाना फेर्न आवश्यक भएका परिवारको विवरण तयार गर्नका लागि स्थानिय तहलाई भनिसकेको बताए ।

धामीका अनुसार कृष्णपुर नगरपालिकामा ३ सय १३, वेदकोट नगरपालिकामा २ सय ७१ र शुक्लाफाँटा नगरपालिकामा २ सय ७७ परिवारको खरको छाना विस्थापित गरी जस्ता पाता राखिने छ।


२० मंसिर २०७७, शनिवार १०:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु