१० किलो लागुऔषधसहित बैतडीमा १ जना पक्राउ
१० किलो लागु औषदसहित बैतडीमा १ जना पक्राउ परेका छन्।
गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध सहित बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धानुकलाई सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले पक्राउ गरेको जानकारी गराए ।
धानुकलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका वडा नम्बर ६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जानकारी दिएका छन।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले धानुकलाई अनुसन्धानकै चरणमा रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न समय लाग्ने जानकारी गराए ।
१९ मंसिर २०७७, शुक्रवार ११:२० बजे प्रकाशित































