आज पनि बढ्यो सुनको मूल्य

सुनचाँदीको मूल्य आजपनि बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो एकैदिन अघिल्लो दिनको तुलनामा तोलामा एक हजार ६ सय रुपैयाँ बढेको थियो ।

त्यस्तै आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय १० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१९ मंसिर २०७७, शुक्रवार ११:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु