punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका एक किशोर बेपत्ता

Chaupati
safha napa

बैतडीका एक किशोर बेपत्ता भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ काण्डेका बिवेकप्रशाद भट्ट बुधबार दिउसो २ बजेदेखि बेपत्ता भएका हुन् ।

बुधबार दिउँसो स्थानिय मुस्योचौर बजारमा केहि युवाहरुसंग रहेका बिवेक २ बजेबाट सम्पर्क बिहिन भएको बिवेकका बुवा देवदत्त भट्टले जानकारी गराए । सम्पर्क बिहिन भएका बिवेकले आफु धनगढिमा रहेको भन्दै बिहान फोन गरेको भट्टले बताए ।

बिवेकले गाडि लाइनमा जागीर लगाइदिने भन्दै केहि युवाहरु सहित आफुलाई धनगढी लगिएको भनेपनि त्यसपछि फेरी सम्पर्क बिहिन भएको उनका बुवा देवदत्तले बताए ।

१५ बर्षका बिवेकले आफुसंगै अरुपनि स्थानिय युवाहरु रहेको फोनमा बताएका छन् ।तर अहिले सम्पर्क बिहिन भएकाले उनको खोजिगरिदिन उनका बुवा देवदत्तले प्रहरीमा निवेदन दिएका छन् ।


१८ मंसिर २०७७, बिहीवार १६:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु