अत्तरियाको सु.प.आधारभुत बिद्यालयमा २९ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईयो
अत्तरियाको सु.प.आधारभुत बिद्यालयमा २९ औं अन्तराष्ट्रिय मनाईएको छ । नगर स्तरीय अपाङ्ग कार्य संञ्जाल गोदावरीको आयोजना र गोदावरी नगरपालिका महिला बालबालिका शाखाको आयोजना२९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको हो ।
कार्याक्रमको समुद्द्याटन नगरप्रमुख र उप प्रमुखले सयुक्तरुपमा दिप प्रज्वानन गरी गरेका थिए ।
नगर स्तरीय अपाङ्ग कार्य संञ्जाल गोदावरीकी अध्यक्ष पुष्पा रोकायाको सभापतित्बमा भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिं साउँद रहेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले अपाङ्गता भएका व्यक्तिलाई भत्ता मात्रै नदिएर अपाङ्गताहरुको क्षमता अनुसारको काम दिनुपर्ने जानकारी गराए । हरेक व्यक्तिमा कुनै न कुनै क्षमता हुने भएकाले अपाङ्गता भएका व्यक्तिले पनि काम गर्न सक्ने भएकाले उनीहरुको पहिचान गर्न आवश्यक रहेको नगरप्रमुख साउँदले बताएका छन ।
नगरप्रमुख साउँदले भने ,अपाङ्गताहरुलाई जिविको पार्जन गर्न काम संग जोड्न आवश्यक छ, भत्ताले मात्रै अपाङ्गताहरुहरुको जिवन चल्दैन’‘उनीहरुको क्षमतालाई उपयोग गरेर काम गर्न सकेमा जिवन प्रवाहमा सहज हुने बताए ।
नगरपालिकामा ठूलो संङ्ख्यामा अपाङ्गता भएका व्यक्ति भएकाले उनीहरुको जिवनस्तर सहज बनाउन नगरपालिका तयार भएको उहाँले बताए । उनले भने ‘अपाङ्गता भएका बालबालिकालाई उचित शिक्षा र युवालाई उनीहरुको क्षमता अनुसार रोजगारी दिन सके मात्रै अपाङ्गता भएका व्यक्तीहरुका धेरै समस्या सामाधान गर्न सकिने बताए ।’
अन्तरक्रिया कार्यक्रममा बिशिष्ट अथिति समेत रहेकी उपप्रमुख रत्ना कडायतले कोरोना भाईरसको महामारीमा अपाङ्गता भएका व्यक्ती झनै समस्यामा परेकाले उनीहरुको समस्यालाई ध्यानमा राखि नगरपालिकाले राहतका कार्यक्रम संचालन गरेको बताईन् । ‘
अन्तरक्रिया कार्यक्रममा उपप्रमुख कडायतले समग्र क्षेत्रको विकास गर्नका लागि भैतिक विकास मात्रै नभएर मानविय विकासलाई पनि संगसंगै लौजान आवश्यक रहेको जानकारी गराईन ।
नगरपालिकाकाले महामारीका बिच भएको लकडाउनमा अपाङ्गता भएका व्यक्तीहरुको घर–घरमा गएर सहयोग गरेको छ’ उनले भनीन् ‘अझै पनि नगरपालिकाले अपाङ्गता भएका व्यक्तीलाई सहयोग पुगोस भनेर महिला तथा बालबालीका शाखा मार्फत बजेट बिनियोजन गरेका छौ ।’
नगरपालिकाको अपाङ्ग परिचय पत्र वितरण समितिकी संयोजक समेत रहेकी उपप्रमुख कडायतले नगरपालिकाबाट प्रवाह गर्ने सेवा अपाङ्गता भएका व्यक्तीले सहज रुपमा पाउन भन्नका लागि हेल्प डेस्क स्थापना गरिने जानकारी गराईन ।
‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता स् अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ मनार्ईको उक्त कार्यक्रममा गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख गोदावरी धामी, कृषि शाखाका प्रमुख बाशुदेश भट्टराई, स्वास्थ्य शाखाका विष्णु जोशी, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व केन्द्रय सदस्य मान बहादुर साउँद, राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम कोषाध्यक्ष गौरीलाल पार्की लगायत विभिन्न संघसस्थाका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नगर स्तरीय अपाङ्ग कार्य संञ्जाल गोदावरीका सचिव ईन्द्र बहादुर बोहराले गरेका थिए ।
गोदावरी नगरपालिका –२ मा रहेको सुदूपश्चिम समावेशी आधारभुत विद्यालयको हलमा भएको कार्यक्रममा गोदावरी नगरपालिकाले विद्यालयलाई खाद्यन्न सहयोग र कार्यक्रममा सहभागि अति अशक्त व्यक्तीहरुलाई स्वास्थ्य सामग्री पनि सहयोग गरिएको थियो ।

यसैबिच सोहि कार्यक्रममा अत्तरियाकी जानकी गुरागाईले आफ्ना छोरा प्रन्जल गुरागाईको १२ औं जन्मदिनको अवसरमा सुदूपश्चिम समावेशी आधारभुत विद्यालयमा अध्ययन गर्ने १२ जना विद्यार्थिका लागि न्यानो लुगा तथा चकलेट वितरण गरेकी थिईन ।
१८ मंसिर २०७७, बिहीवार १५:५० बजे प्रकाशित































