punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेता पौडेललाई पक्राउ गरिएको विरोधमा अत्तरियामा चक्काजाम

Chaupati
safha napa

अत्तरियामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको बिरोधमा आधा घण्टा चक्काजाम गरिएको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर–४ ले नेता पौडेललाई प्रहरीले प्रक्राउ गरेको बिरोधमा अत्तरियामा आधा घण्टा चक्काजाम गरेको हो ।

नेविसंघका नेता तथा कांग्रेसका नेता कार्यकता सहभागिता रहेको चक्काजामपछि आयोजित कोणसभामा बोल्ने वक्ताहरुले सरकारले नेता पौडेललाई पक्राउ गरेकोमा चर्को बिरोध जनाएका थिए ।

बुधबार निषेधाज्ञा तोडेको आरोपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेर तीन घन्टा हिरासतमा राखेर छाडेको थियो।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा कांग्रेसका वरिष्ठ नेता पौडेल सहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको हो।

सोही घटनाको विरोधमा अत्तरियामा गरिएको चक्काजाम हाल खुलाइएको छ।


१८ मंसिर २०७७, बिहीवार १४:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु