अरिङगालको टोकाइबाट घाइते पुरुषको मृत्यु

अछामका अरिङगालको टोकाइबाट घाइते भएका काठमाडौंमा एक पुरुषको मृत्यु भएको छ। जिल्लाको बान्नीगढी–जयगढ गाउँपालिका वडा नम्बर ५ का ४८ वर्षीय गोकर्ण रावलको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो।

उनलाई गत मंसिर २ गते अरिङगालले टोकेको थियो। अछाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी ल्याइएको थियो।

सेती प्रादेशिक अस्पतालले पनि रेफर गरेपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाण्डौ लगिएको हो ।

बुधबार बिहान उपचारकै क्रममा काठमाडांैको ग्राण्डी अस्पतालमा रावलको मृत्यु भएको बान्नीगढी–जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक साउँदले जानकारी गराए।


१८ मंसिर २०७७, बिहीवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु