अछाममा बस दुर्घटना हुदाँ १ को निधन, १७ घाइते
अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना हुँदा १ जनाको निधन भएको छ ।
जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको निधन भएको
हो । बयालपाटा अस्पताल लैजाने क्रममाउनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । शव पोष्टमाटमका लागि जिल्ला अस्पताल लगिएको छ ।
अन्य १७ जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन । बस सांफे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
१५ मंसिर २०७७, सोमवार १२:४४ बजे प्रकाशित













